काठमाडौं । नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दो छ । हरेक हप्ता जसो नयाँ नयाँ इभी कम्पनीका गाडीहरुको समाचार आउछन । इभी सेग्मेन्टमा अधिकान्स चाइनिज गाडीहरुको दबदबा रहेको छ। विद्युतीय गाडीको प्रयोगसँगै चार्जिङ स्टेशनको माग समेत पनि बढिरहेको छ। इभी गाडी बेच्न अनेक तिक्डम गर्ने कम्पनी हरु चार्जिङ स्टेशन निर्माणमा भने खासै धेरै चासो दिएको देखिदैन।
नेपाली बजारमा अहिले उपलब्ध सवारी साधन अनुसार चार्जिङ पूर्वाधार अपर्याप्त छ । निजी कम्पनी संचालकहरु भने सरकारले चार्जिङ स्टेशन भने बढाउन नसकेको भनेर आरोप लगाउने गर्दछन । इभी गाडी बेच्ने कम्पनीहरु मध्य सिप्रदीले भने नेपालभरी नै चार्जिङ स्टेसन निर्माण गरिरहेको जानकारी दिएको छ। सिप्रदीको देश भरीनै रहेको आफ्नो सर्भिसिङ सेन्टरमा नै इभी चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। सिप्रदी पछी चौधरी ग्रुपले पनि देश भरीनै निर्माण गरिरहेको छ। अन्य इभी बिक्रेताहरुको भने चर्जिङ स्टेसन निर्माणमा उदासिनता नै देखिन्छ । गाढी बिक्रेताको तुलनामा नेपाल विद्युत प्राधिकरण र अन्य निजी उध्यमीहरुले चर्जिङ स्टेसनमा धेरै लगानी गरिरहेका छन।