काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा चिनियाँ अटोमोबाइल कम्पनी चांगानले फ्लाइङ कार प्रदर्शन गर्ने भएको छ । नेपालमा पहिलो पटक आउने लागेको फ्लाइङ कार यो पटकको नाडा अटोशोको मुख्य आकर्षण हुने कम्पनीले बताएको छ । नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले यो फ्लाइङ कार पहिलो पटक नेपाल ल्याउन लागेको हो ।

