काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । आगामी नोभेम्बर २७ मा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर एक्टिभा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको हो । कम्पनीले भारतीय बजारमा २०२५ को मार्चदेखि आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बिक्री सुरू गर्ने भएको हो । यो स्कुटर भारतीय बजारमा १ लाख रुपैयाँ हाराहारी मूल्यमा बिक्री सुरु हुने अनुमान गरिएको छ ।