काठमाडौं । यामाहाको एमटी-१५ भी २ नेपाल भित्रिएको छ । एमटी १५ कै इन्जिन भएको एमटी-१५ भीको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो । यामाहा एमटी-१५ भी २ मा सिंगल च्यानल एबीएस उपलब्ध छ । भीभीए टेक्नोलोजीमा आधारित इन्जिनले अधिकतम १० हजार आरपीएममा १८.४ हर्सपावर र ७५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्ने जानकारी कम्पनीले दिएको छ। ।