काठमाडौं । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ को तयारी पूरा भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै नाडा अटो शो २०२४ को तयारी पूरा भएको जानकारी दिएको हो । नाडा अटो शोमा ९५ प्रदर्शकहरूको १३० स्टलहरू रहने छन् । जसमा २४ चारपाँग्रे, १९ दुईपाँग्रे र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । त्यस्तै,सातवटा वित्तीय संस्थाहरूले पनि यो प्रदर्शनीमा सहभागीता जनाउने भएका छन् । नाडा अटो शो २०२४ को मुख्य प्रायोजक टाटा ईभी रहेको छ । त्यस्तै, सर्भाे लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी सह–प्रायोजक रहेका छन् । नाडा अटो शो २०२४ को एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन् ।