काठमाडौं । ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले चिनियाँ इलेक्ट्रिक गाडी ओमोडाको ई-फाइभको डिलक्स भेरियन्ट ५६ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्ने भएको छ। फिचर घटाएर कम्पनीले मंगलबार सार्वजनिक गरेको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनुसार अब ओमोडा ई-फाइभ डिलक्सको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले मुल्य गटाएको नयाँ डिलक्स भेरियन्टमा सनरुफ, ३६० डिग्री क्यामेरा, पावर टेलगेट, पछाडिको रिडिङ लाइट साथै प्राइभेसी एण्ड साइलेन्ट ग्लास, स्पिकर ६ वटा, रियर डाइनामिक टर्निङ लाइट लगायतका फिचर हटाएको छ।