Uncategorized – Nepali Automobile Blog https://np.nepalgaadi.com Exclusive Reviews Thu, 26 Jun 2025 04:43:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 235825436 विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार https://np.nepalgaadi.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%bf-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%95/ https://np.nepalgaadi.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%bf-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%95/#respond Thu, 26 Jun 2025 04:43:46 +0000 https://np.nepalgaadi.com/?p=2499

काठमाडौँ –विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाएको छ । कारमा सवार एक जना महिलाको भने सकुशल उद्धार गरिएको छ । उद्धार हुनेमा दाङको तुलसीपुर घर भइ हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीया भावना ओली रहेकी छिन् । यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएर खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।  बाढीले बगाएको कारका चालक ३५ वर्षीय अंकुश सिंहले खोला किनारमा हाम फालेर ज्यान जोगाएका थिए । त्यस्तै, बगाएको कार भित्र रहेकी ३४ वर्षीया भावना ओली प्रहरी र स्थानीयले बानियाटार पुल नजिकबाट सकुशल उद्धार गरेका थिए । उक्त कारलाई राति पौने १२ बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो ।

]]>
https://np.nepalgaadi.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a5%81%e0%a4%ae%e0%a4%a4%e0%a4%bf-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%97%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%95/feed/ 0 2499