काठमाडौं । दिपल ‘एस-०७ एल’ नेपाल आउने भएको छ । चांगानको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले एस-०७ एल मोडल नेपाल ल्याउन लागेको हो । नयाँ आउन लागेको एल मोडलमा १६० किलोवाट क्षमताको मोटर रहने छ । अहिले बजारमा उपलब्ध दिपल एस-०७ मा ९९ किलोवाट आवरको माेटर रहेको छ । ५०० किलोमिटर रेन्ज रहेको यो गाडीको मुल्य भने तोकिएको छैन ।