नाडा अटो शोबाटै बिक्री सुरु भएको बीएडब्लुको ब्रम्बी एलएलआर मोटर्सले नेपाल ल्याएको छ । चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक कारको मूल्य २१ लाख ९० हजार तोकिएको छ । १७.२८ किलोवाट आवरको ब्याट्री भएको उक्त कारलाई फुल चार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने कम्पनीले दाबी गरेको छ। यो गाडीको टप स्पिड प्रतिघन्टा १०० किलोमिटर दिइएको छ। दुई रङमा उपलब्ध कारमा १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, ३६० डिग्री क्यामेरा, पार्किङ राडार लगायतका फिचर गरिएको छ। ।