१२ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा हिजो आर्थात ११ भदौदेखि ‘नाडा अटो शो २०२४’ सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा महासंघ) ले गरेको उक्त शोम यो पटक भने अधिकांश ईभी प्रदर्शनीमा राखिएको छ । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा २४ ब्रान्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे र १२ ब्रान्डका हलुका व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको प्रदर्शनीमा राखिएको छ । सवारीसाधनको कुम्भ मेला मानिने “नाडा अटो शो–२०२४“ मा प्यासेन्जर कार सेग्मेन्टमा रहेका अधिकान्स डिलरले आफ्नो स्टलमा ग्राहक आकर्सित गर्न ग्ल्यामर मोडलको प्रयोग गरेको देखिन्छ।
कतिपय ब्रान्डमा अधिकारिक सेल्स कर्मचारी भन्दा मोडेल धेरै देखिन्छन। इभीको भिडमा रहेको एउटा ब्रान्डले भने मोडलको प्रयोग नगरी आफ्नो कारहरु प्रदशनमा राखिरहेको छ र त्यो ब्रान्ड हो “BYD” । इभी सेग्मेन्टमा संसारभरीनै अग्रस्थानमा रहेको BYD ले आफ्नो दुई चर्चित मोडल BYD Dolphin र BYD Atto 3 2024 प्रदर्शनी तथा बिक्रीमा राखेको छ भने सिलायन ७ भने नाडाको लागि मात्र मा राखिएको छ जुन नेपालमा उपलब्ध हुन अझै १-२ बर्ष लाग्ने देखिन्छ । । संसारभरनै अत्याधिक विश्वाश गरिएको ब्याट्री र नेपालमा सबै भन्दा धेरै बिक्री हुने इभी कारको कारणले हुन सक्छ नेपालको लागि अधिकारिक बिक्रेता साइमेक्स इन्कले ग्ल्यमरस मोडलमा खासै लगानी गरेको देखिदैन।